बुढीगंगामा मतगणना सुरु, एमालेको सुरूवाती अग्रता

लोकपथ
91
Shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सुरु भएको छ । प्रारम्भिक परिणामअनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । प्रारम्भिक मत परिणामअनुसार एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म कुल २०० मतको गणना सकिएकोमा एमालेले मेयरमा १०० मत ल्याउँदै पहिलो स्थानमा रहेको हो । कांग्रेस ८८ मतका साथ दोस्रो स्थानमा छ । उपमेयरमा एमालेका उम्मेदवारलाई ९५ मत प्राप्त कांग्रेसले पनि समान मत पाएको छ । बिहीबार भएको मतदानमा १३ हजार ६५९ मतदातामध्धे ९ हजार १२८ मतदाताले मतदान गरेका थिए ।

पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको थियो । वैशाख ३० गते भएको मतदानमा भने ७५.५८ प्रतिशत मतदान भएको थियो । बुढीगंगाको नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् । कांग्रेसका उम्मेदवार खातीलाई गठबन्धनको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?