प्रभु बैंक र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरबीच सम्झौता

लोकपथ
42
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रालिका बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रालिका तर्फबाट वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले उक्त सम्झौतामा हस्ताक्षर गरेकी हुन् ।

प्रभु बैंक र उक्त डाइगोनोस्टीक सेन्टर प्रालिबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रालिद्धारा सञ्चालित सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट गरिएको छ ।

थप डाक्टर परामर्श चाहिएमा र डाक्टरको सुझाव अनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । प्रभु बैंकका ग्राहकहरुले ५ प्रतिशत छुट फार्मेसीबाट पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?