एशिया कप छनोटमा नेपालको खराब ब्याटिङ, ९५ रनमै अलआउट

काठमाडौं । मलेसियामा जारी एशिया कप छनोट अन्तर्गत नेपालले खराब प्रर्दशन गरेको छ ।

क्वालालम्पुरको यूकेएम ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले समूहको अन्तिम खेलमा ३७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनको सामान्य योगफल तयार पारेको छ । 

पहिलो ओभरको पहिलो बलमै ओपनर सुवास खकुरेल  शुन्य रनमा नै आउट भए ।

यता, कप्तान पारस खड्का १४ रन बनाएर आउट भए । उनलाई हङकङका म्याककेचिनीले क्याच आउट गर्दै पेभेलियनमा फर्काए । उनले  अनिलकुमार साहसँग २२ रनको साझेदारी गरे। उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोडे ।

सागर पुन ७ रनमा नै आउट भए ।  दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले मात्र २-२ रन बनाए । ओपनर सुबास खकुरेल र सोमपाल कामीले खाता नै खोल्न सकेनन्  बसन्त रेग्मी १५ रनमा नटआउट रहे।

नेपाललाई अलआउट गर्न हङकङका एहसान खानले ७ दशमलब ५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिन सफल भए।

त्यस्तै तनवि अफजल र अइजाज खानले समान २-२ विकेट लिएका थिए । अहिले ९६ रनको विजयी लक्ष्य लिएर हङकङले ब्याटिङ गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?