आज दिनभर के-के भए ? हेर्नुहाेस् लोकपथ टप फिप्टिन हेडलाइन्स (भिडियाेसहित)

लोकपथ
42
Shares

१ नयाँ नागरिक्ता विधेयक आजै सरकारले ल्याउने तयारी गरेको गृहमन्त्रीको खाँणको भनाइ, दलहरुको सहमतिमा पारित हुने विश्वास ।

२ चौतर्फी आलोचनापछि राजिनामा दिएका निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथि आगामी मंगलबारबाट छानबिन हुने, छानबिन गर्न ११ सदस्यिय विशेष समिति गठन ।

३ बलात्कार मुद्दाको हद म्याद परिवर्तन, नाबालिकाको हकमा ३ वर्ष र बालिकाको हकमा २ वर्षभित्र उजुरी हदम्याद राख्ने संसदीय समितिको निर्णय ।

४ वर्तमान सरकार फोहोरको थुप्रो भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, अब सरकार आफै नहटे जनताले हटाउने चेतावनी ।

५ राउटे युवतीमाथि यौन दुब्र्यवहार गर्ने २ जनालाई सात वर्ष कैद सजाँय, जनही २ लाख रुपैयाँ जरिवानासहित पीडित राहत कोषमा ८ हजार रुपैयाँ जम्मा गर्नुपर्ने निर्णय ।

६ भारतसँगको सिमामा तारबार लगाउन प्रधानसेनापति प्रभुराम शर्माको प्रस्ताव, समग्र राष्ट्रिय सुरक्षा र सुद्धढीकरण गर्न सबै निकाय बिच समन्वय र सहकार्य हुनुपर्ने भनाइ ।

७ अब सरकारी जग्गा चालिस वर्षसम्म मात्र भाडामा दिन पाउने, प्रचलित कानुनअनुसार कुनै पनि व्यक्ती वा संस्थाले लिन पाउने ।

८ बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु, पालिकामा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा, बिहीबार भएको पूर्न निर्वाचनमा ९ हजार १२८ मतदाताद्वारा मतदान ।

९ पूर्वी तराईमा नाइरोबी फ्लाईका बिरामी बढे, पछिल्लो एक सातामा दमक अस्पतालमा मात्र करिब तीन सय ब्यक्तिमा संक्रमण पुष्टि ।

१० नेपालमा पछिल्लो २४ घण्टामा २१५४ जनामा गरिएको कोरोना परिक्षणमा ९८ जनामा संक्रमण पुष्टि, २७ जना संक्रमणमूक्त सक्रिय संक्रमितको संख्या ५६४ पुग्यो ।

११ शुक्रबार पनि घट्यो सेयर बजार, नेप्से परिसूचक ३४ दशमलव ७१ अंकले घटेर १९९२ बिन्दुमा आर्लियो, मौद्रिक नीति कुर्दै लगानीकर्ता ।

१२ जापानका भूतपूर्व प्रधानमन्त्री सिन्जो आवेको आक्रमणकारीद्वारा गोली हानी हत्या, पत्रकार बनेर र्‍यालीमा छिरेका आक्रमणकारीले क्यामेरामा बन्दुक फिट गरेर गोली प्रहार ।

१३ टेस्लाले चीनमा सवारीसाधन बिक्रीमा बनायो नयाँ रेकर्ड, जुन महिनामा मात्रै ७८ हजार ९ सय ६ सवारीसाधनको बिक्री टेस्लाले बनायो चीनमा नयाँ रेकर्ड ।

१४ एन्फा र नेपाल सुपर लिग एनएसएलबीचको सम्झौता रद्द गर्न सिफारिस, विवादले उग्र रुप लिँदा एनएसएलको दोस्रो संस्करण स्थगित ।

१५ नवौं राष्ट्रिय खेलकुदका लागि कार्यकारी समिति गठन, गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा ११ टिमले ३६ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?