विद्यार्थीले सिकाए तीजको गीतबाट नेपाली व्याकरण (भिडियो)

काठमाडौं । महिलाहरुको महान चाड तीजका गीतमा माया र पीडाका गीत त धेरै नै सुन्नुभएको होला । यतिबेला तीजको मौका पारेर एआईए स्कूल, शंखमुलको विद्यार्थीले भने नयाँ गीत बजारमा ल्याएका छन् ।

‘नेपाली व्याकरण’ बोलको उक्त तीज गीतमा नेपाली व्याकरणलाई कसरी शुद्ध लेख्ने भनेर सिकाइएको छ । गीतमा शारदा पराजुलीको स्वर छ । यो गीत सुनेर विद्यार्थीले नेपाली भाषामा हुने कैयन् त्रुटिलाई कम गर्न सक्नेछन् ।

यस्तै गीतमा बिमल घिमिरेले गीतका शब्द तयार पारेका हुन् भने राजकुमार घिमिरेले संगीत दिएक हुन् ।

गीतको भिडियोमा सोही विद्यालयका विद्यार्थीले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?