माओवादी केन्द्रले सातवटै प्रदेशमा भेला र प्रशिक्षण गर्ने

लोकपथ
56
Shares
{“caption”:”u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । नेकपा माओवादी केन्द्रले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी भेला र प्रशिक्षण हुने बताइएको छ । साउन १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १ मा, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम, २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

चुनावका लागि प्रदेश समन्वय समिति गठन गरिएको छ । पार्टी केन्द्रसंग समन्वय गर्नका लागि प्रदेशका इन्चार्जको संयोजकत्वमा समिति गठन गरिएको छ । यो समितिमा पार्टीका सबै केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?