‘युएस’ ओपन: जोकोभिच र मिलमान क्वाटरफाइनलमा प्रवेश, रोजर फेडेरर बाहिरिए

अमेरिका ।  सर्वियाली नोभाक जोकोभिच र अस्ट्रेलियाका जोन मिलमान जारी युएस ओपन टेनिस च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

न्युयोर्कको फ्लुसिङ मेडौसमा सोमवारराति सम्पन्न भएको प्रि-क्वाटरफाइनल खेलमा सर्बियाली जोकोभिचले पोर्चुगलका जोवा सौसालाई ३-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

खेलको पहिलो सेट ६-३ ले जितेका जोकोभिचेले दोस्रो सेट ६-४ र अन्तिम सेट ६-३ ले आफ्नो पक्षमा पारे । 

त्यस्तै, सोमवार राति नै भएको अर्को खेलमा स्विट्जरल्याण्डका रोजर फेडेरर अस्ट्रेलियाका जोन मिलम्यानसँग ३-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

पाँच पटकका युएस ओपन च्याम्पियन फेडेररले खेलको पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारे। तर त्यसपछिका बाँकी तीन सेटमा भने हार बेहोरेका थिए । दोस्रो सेटमा ५-७, तेस्रो सेट ६-७ र अन्तिम सेट ६-७ ले गुमाए । 

सोमवारराति नै भएका अन्य खेलहरुमा जापानका केइ निस्सीकोरी र क्रोशियाका मारिन सिलिकले आ-आफ्नो खेलमा जीत हात पार्दै क्वाटरफाइनलको यात्रा तय गरेका छन् । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?