आमा! मलाई ‘नजन्माऊ’ है !

आमा!
तिमी नछुनी भएको पनि
४ महिना पुग्न लाग्यो त! आमा
तिमी खुशी छौ बेस्सरी 
तिम्रा खुशीहरु 
तिम्रा चाहनाहरु
तिम्रा अनुहारहरु
म देख्न त सक्दिन आमा
तर मैले महशुस गरि रहेछु
तिमी कति धेरै खुशी छौ आमा
तिमी भित्रबाटै 
मैले नियाली रहेछु 
तिमिलाई पढिरहेछु
हो आमा तिमी नछुनी भएको पनि
४ महिना पुग्न लाग्यो त! आमा !

जुन दिन तिमीले टेकेको धर्तीमा 
तिम्रो कोखको जस्तै 
सुरक्षा महशुस गर्ने छौ
र हरेक छोरीहरु 
सुरक्षित हुनेछन 
जुन दिन बच्चा नजन्माई तिमी 
"महान आमा" बन्ने छौ
त्यसै दिन पुन: गर्भाधान गर्नु
छोरी जन्माउनको लागि
म त्यति बेला जन्मिने छु आमा
तिम्री छोरी भएर
तिमी ढुक्क होऊ ।

               **
बाबाले ममता व्यक्त गर्दै
गर्भमा कुनै असर नपरोस भनि
तिम्रो हातमा डायनटिक्स* थमाएर 
पढ्न सुझाउँदा
विस्तारै तिम्रो पेटमा स्पर्श गरि
तिमीलाई माया गर्दै जिस्किदा 
साच्चिकै तिम्रा खुशिहरु
तिम्रा अधरबाट छचल्किएर
तिम्रो मुस्कान 
जब हाँसोमा परिवर्तन हुन्छ 
म पनि हाँसिरहेकी हुन्छु आमा
बाबाले तिमीलाई अगालोमा वाँधि 
तिम्रो कपाल सुम्सुम्याउँदा
म मस्त निदाउछु आमा
मानौ कहिल्यै उठ्नु नपरोस 
ता कि! बाबाले तिमीलाई सुम्सुम्याई रहुन
हो तिमीले फेर्ने हरेक श्वासमा
मैले आनन्द लिई रहेछु 
आमा !
तिमी नछुनी भएको पनि
४ महिना पुग्न लाग्यो त! आमा !
              **
 

आमा! 
बाले तिम्रो कोखको सुरक्षा गरेका छन र पो 
तिम्रो कोख सुरक्षित छ
तर तिमीले टेकेको धर्ती सुरक्षित छैन आमा
धर्तिको सुरक्षाको जिम्मा 
अरु कसैले लिएको छ 
त्यसैले
म बलात्कृत हुन चाहन्न आमा
म कसैको खेलौना बन्न चाहन्न 
जन्मे पछि 
अकालमा मर्न चाहन्न आमा!
भनीदेऊ न आमा! बालाई यी सब कुरा
बालाई सम्झाऊ तिमीले 
र एउटा कठोर निर्णय लेउ आमा
मलाई 'नजन्माउने निर्णय'
अब ढिला गर्नु हुदैन आमा तिमीले
तिमीलाई नि थाहा छ त !
तिमी नछुनी भएको पनि
४ महिना पुग्न लाग्यो त! आमा !

आमा !
तिमी डा. को मा गयौ त?
किन मान्दिनौ तिमी! 
अब तिमीले ढिला गर्नु हुदैन 
म तिमीलाई बुझ्न सक्छु
महशुस गर्न सक्छु आमा
मैले धेरै पटक चिच्याउँदै भने
तिम्रो गर्भमा हुर्केकी म 'छोरी' हुँ 'छोरी' !
तिम्रो समाजले चाहेको 
छोरा होइन आमा… छोरा ।
तर तिमी मलाई सुन्न सक्दिनौ आमा
तिमी मलाई बुझ्न सक्दिनौ
त्यसैले आमा 
बाबालाई लिएर
डा. को मा जाऊ 
तिमी क्लियर हुनु पर्छ आमा 
तिमीले बुझ्नु पर्छ अब
तिमिलाई नि थाहा छ त !
तिमी नछुनी भएको पनि
४ महिना पुग्न लाग्यो त! आमा !
              **
अस्ति बाले के खबर सुनाउनु भयो कुन्नी!
तिमीले बेसरी पीडा बोध गर्यौ 
तिमी रात भरी निदाइनौ 
म पनि निधाउन सकिन आमा ! 
त्यस दिनको तिम्रो हरेक श्वासप्रश्वासले
मलाई घोची रह्यो, घोची रह्यो 
घोची मात्र रह्यो 
आमा !
म तिम्रो पीडा देख्न सक्दिन 
बाबा! भाब विव्हल भएको हेर्न सक्दिन 
त्यसैले
म जन्मिन चाहन्न आमा !
मलाई 'नजन्माऊ'
अब ढिला नगर 
हो आमा !
तिमी नछुनी भएको पनि
४ महिना पुग्न लाग्यो त! आमा !
              **
यतिबेला तिमीले दिएको सुरक्षा
जन्मे पछि दिन कहाँ सक्छ्यौ र!
आमा! 
बाले तिम्रो कोखको सुरक्षा गरेका छन र पो 
तिम्रो कोख सुरक्षित छ
तर तिमीले टेकेको धर्ती सुरक्षित छैन आमा
धर्तिको सुरक्षाको जिम्मा 
अरु कसैले लिएको छ 
त्यसैले
म बलात्कृत हुन चाहन्न आमा
म कसैको खेलौना बन्न चाहन्न 
जन्मे पछि 
अकालमा मर्न चाहन्न आमा!
भनीदेऊ न आमा! बालाई यी सब कुरा
बालाई सम्झाऊ तिमीले 
र एउटा कठोर निर्णय लेउ आमा
मलाई 'नजन्माउने निर्णय'
अब ढिला गर्नु हुदैन आमा तिमीले
तिमीलाई नि थाहा छ त !
तिमी नछुनी भएको पनि
४ महिना पुग्न लाग्यो त! आमा !
              **
हो आमा !
तिमीले कोख बाँझै राख्दा
तिमीलाई समाजले हेप्नेछ 
आरोप लगाउनेछ 
तिमीलाई 'अपूती' अनि, बाबालाई 'अपूतो' भन्दै…
तर तिमीलाई त थाह छ नि! आमा
तिम्रो कोख बाँझो होइन भनेर ।
फेरि पनि सम्हाल आँफूलाई
रहरकी एउटा छोरी जन्माउनु भन्दा
जन्मी सकेका लाखौं छोरीको
सुरक्षाको निम्ति लड आमा
एक दिन अवस्य जित्नेछौ
र "महान आमा" बन्ने छौ ।
अब ढिला गर्नु हुदैन आमा तिमीले
तिमीलाई नि थाहा छ त !
तिमी नछुनी भएको पनि
४ महिना पुग्न लाग्यो त! आमा ! 
              **
जुन दिन तिमीले टेकेको धर्तीमा 
तिम्रो कोखको जस्तै 
सुरक्षा महशुस गर्ने छौ
र हरेक छोरीहरु 
सुरक्षित हुनेछन 
जुन दिन बच्चा नजन्माई तिमी 
"महान आमा" बन्ने छौ
त्यसै दिन पुन: गर्भाधान गर्नु
छोरी जन्माउनको लागि
म त्यति बेला जन्मिने छु आमा
तिम्री छोरी भएर
तिमी ढुक्क होऊ ।
त्यसैले आमा !
बालाई लिएर डा. को मा जानुपर्छ तिमी
जान्छ्यौ नि आमा !
अब ढिला गर्नु हुदैन आमा तिमिले
तिमीलाई नि थाहा छ त !
तिमी नछुनी भएको पनि
४ महिना पुग्न लाग्यो त! आमा !
========******========
*डायनटिक्स(Dianetics): The Modern Science of Mental Health – L. Ron Hubbard
* नछुनी = रजस्वला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?