साताको सेयर बजार : नेप्से दुई दिन बढेर चार दिन घट्दा १४ अर्ब ९५ करोडको कारोबार

लोकपथ
70
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटिरंहदा सेयर बजार भने निरन्तर ओरालो लाग्दै आएको छ । राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीको भनाईलाई आधार मान्दा आगामी आर्थिक वर्षको मौंद्रिक नीति संभव भए असारको अन्तिम साता र नभए साउनको पहिलो हप्ता आउने छ ।

उनले बिभिन्न सभाहरुमा मौद्रिक नीति निकै नै कसिलो आउने बताउँदै आएका छन् । गर्भनर अधिकारीको यिनै भनाईले पनि सेयर बजार प्रभावित बन्दै आएको छ । त्यहीकारण पनि हुन सक्छ, यो साता सुरुवाती दिनमा नेप्से उच्च अंकले बढेपछि नेप्से सकारात्मक दिशामा गएको टिकाटिप्पणी सुरु भएको थियो । तर नेप्सेको त्यो दिनको बढाई त्यही दिनमा मात्र सिमित रह्यो । त्यसपछिका दिनहरुमा नेप्से निरन्तर ओरालो लाग्यो ।

सोही आधारमा नेप्से यो साता १९ सय ९२ दशमलव ६१ अंकमा खुम्चिन पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७९ दशमलव ८८ अंकमा खुम्चिन पुगेको छ । दुुई सय ३४ वटा कम्पनीहरुको यो साता दुई लाख ५९ हजार सात सय ३० पटक सेयर किनबेच भएको छ । जसबाट तीन करोड ९८ लाख ६० हजार पाँच सय ६० कित्ता शेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम १४ अर्ब ९५ करोड १५ लाख ३२ हजार नौं सय २६ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा झण्डै चार अर्ब रुपैंयाँले बढी हो ।

गत साता नेप्सेमा १० अर्ब ६४ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैंयाँको कारोबार भएको थियो । उक्त साता दुुई सय ३० वटा कम्पनीहरुको दुई लाख १६ हजार दुई सय ८५ पटकको कारोबारमा तीन करोड तीन लाख ४६ हजार तीन सय ७९ कित्ता शेयर किनबेच हुंदा उक्त परिमाणमा रकम कारोबार हुन पुगेको थियो । नियमित कारोबारका लागि यो साता छ कार्य दिन नै नेप्से खुल्ला रहेकोमा पहिलो र चौंथो दिन नेप्से बढेपनि बाँकी दिनहरुमा भने नेप्से उच्च अंकले घटेका थिए । जसमध्ये पहिलो दिन ५७ दशमलव ६५ अंकले बढेर दुई हजार ८६ दशमलव ४२ अंकमा चढेको नेप्से दोस्रो दिन भने नौं दशमलव ७५ अंकले घटेर दुई हजार ७६ दशमलव ६७ अंकमा झरेको थियो । तेस्रो दिन पनि ४६ दशमलव आठ अंकले घटेर दुई हजार ३० दशमलव ५९ अंकमा झरेको नेप्से चौंथो दिन भने १३ दशमलव ३३ अंकले बढेर दुई हजार ४३ दशमलव ९२ अंकमा पुग्न सफल भएको थियो । यसैगरी पाँचौं दिन १६ दशमलव छ अंकले घटेर दुई हजार २७ दशमलव ३२ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि ३४ दशमलव ७१ अंकले घटेपछि १९ सय ९२ दशमलव ६१ अंकमा खुम्चिन पुगेको छ ।

यसैगरी पहिलो दिन १० दशमलव २१ अंंकले बढेर तीन सय ९८ दशमलव ८२ पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन दुई दशमलव ८९ अंंकले घटेर तीन सय ९५ दशमलव ९४ अंकमा झरेको थियो । तेस्रो दिन आठ दशमलव ७१ अंंकले घटेर तीन सय ८७ दशमलव २३ अंकमा झरेकोे सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने एक दशमलव ६८ अंंकले बढेर तीन सय ८८ दशमलव ९१ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन पुन तीन दशमलव ४२ अंंकले घटेर तीन सय ८५ दशमलव ४९ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि पाँँच दशमलव ६१ अंकले घटेर तीन सय ७९ दशमलव ८८ अंकमा खुम्चिन पुगेको छ ।

बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा यो साता हिमालयन डिष्ट्रिलरी प्राली, नेशनल हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने कारोवार भएको सेयर संख्याको आधारमा नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी आदि अगाडि परेकाछन । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक सेयर कारोवार (संख्या र रुपैयाँमा)

दिन                      कम्पनी संख्या                   कारोवार संख्या                 कित्ता                      कारोवार रकम
पहिलो दिन                  २३१                               ४५१२०                     ६२२७६९२                 २४८०४७३९९९
दोस्रो दिन                    २३४                               ७५७९०                    १०९८१५९१              ४३४९२७३५९३.२१
तेस्रो दिन                     २२९                               ४९४१६                     ८६१३४८९                 २९६८४८५२२४
चौंथो दिन                     २२८                              ३८००८                      ६२६३३१०                 २१७८६५५७०१
पाँचौं दिन                     २२९                              ३१२७६                      ४७११०२५                 १८०६२०४७६५
छैंठौं दिन                      २१७                             २०१२०                       ३०६३४५३                 ११६८४४२४४४
कुल                                                                 २५९७३०                   ३९८६०५६०            १४९५१५३२९२६.२१

 

  • श्रोत- नेपाल स्टक एक्सचेन्ज लिमिटेड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?