‘सरकारु वारु पता’ पछि अर्को फिल्मको तयारीमा महेश बाबु, पूजा हेगडेसँग कस्तो होला केमेस्ट्री ?

लोकपथ
84
Shares

काठमाडौं । दक्षिण भारतीय अभिनेता महेश बाबुको फिल्म ‘सरकारु वारी पाता’ मे महिनामा हलमा रिलिज भएको थियो । फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाएको कारण फिल्मले बक्स अफिसमा पनि राम्रो कलेक्सन गरेको थियो ।

यतिबेला यो फिल्मपछि अभिनेताले आफ्नो नयाँ फिल्मको तयारी सुरु गरेका छन् । महेश बाबुले आफ्नो आगामी फिल्मका लागि निर्देशक त्रिविक्रम श्रीनिवाससँग फेरि काम सुरु गर्ने भएका छन् ।

महेश बाबु

भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता महेश बाबुले निर्देशक त्रिविक्रम श्रीनिवाससँग फिल्म ‘एसएसएमबी २८’ मा काम गर्ने भएका छन् । यो जानकारी पहिले सार्वजनिक भएपनि अहिले यसको सुटिङको विवरण पनि सेयर गरिएको छ । श्रद्धा कृष्णले निर्माण गरेको चलचित्र ‘एसएसएमबी २८’ को छायांकन भदौबाट सुरु हुनेछ । फिल्ममा अभिनेता महेश बाबुसँगै अभिनेत्री पूजा हेगडे पनि देखिने भएकी छन् ।

महेश बाबु, एसएस राजामौली

चलचित्र ‘एसएसएमबी २८’ पछि पनि अभिनेता एसएस राजामौलीको अर्को प्रोजेक्टका लागि अनुबन्धित भएकाले आगामी दुई वर्षसम्म पूरै व्यस्त रहने बताइएको छ । महेश बाबु पनि पान इन्डिया स्टार बन्न तयार छन् ।

पूजा हेगडे, महेश बाबु

राजामौलीको आगामी फिल्मको काम सन् २०२३ देखि सुरु हुनेछ । योसँगै महेश बाबुको फिल्म ‘एसएसएमबी २८’ रिलिजका लागि दर्शकले २०२३ सम्म लामो समय कुर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?