बंगलादेश । साफ च्याम्पियनसिपको १२ औँ संस्करण मंगलवारबाट बंगलादेशमा शुरु भएको छ ।
बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपाल पहिलो हाफ सकिदा एक-शुन्य गोल अन्तरले पछाडी परेको छ । शुरुवाती समयमा निक्कै आक्रामक खेल खेलेको नेपालले ३६ औँ मिनेटमा गोल खान पुग्यो ।
नेपालका कप्तान बिराज महर्जनले पाकिस्तानका खेलाडीलाई फाउल गरेपछि पाकिस्तानले पेनाल्टी हान्ने मौका पायो ।
त्यो अबसरलाई पाकिस्तानका मोहम्मद रियाजले गोल गरे र खेललाई १-० को अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा नेपालका सुमन अर्यालको उत्कृष्ट हेडर बल पाकिस्तानका गोलकिपरले बचाउ गरे ।
समूह ‘ए’ मा रहेको नेपालसहित भुटान, पाकिस्तान र बंगलादेश रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया