‘सामाजिक सञ्जालमा करको भ्रम’

नवलपरासी-गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करको सन्दर्भमा सामाजिक सञ्जालमा व्यापक भ्रम सिर्जना गरिएको बताएका छन् ।

कावासोतीमा आज पत्रकारसँगको भेटमा उनले सामाजिक सञ्जालमा खोला तर्दा, शव पोल्दा, माग्नलाई पनि कर लगाएको भनेर भ्रम सिर्जना गरिएको बताए ।

उनले भने, “बाख्रामा पनि कर लगाएको छ भन्दै भ्रमको खेती भइरहेको छ । करका विषयमा बढाइचढाई नभएको कुरा गरिँदैछ ।” कतिपयले सङ्घीयता कसरी असफल पार्न सकिन्छ भनेर पनि करका विषयलाई बढी नकारात्मक ढङ्गले उठाएको मन्त्री गुरुङ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?