काठमाडौं । चाईनिज सुपर लिग (CSL) आइतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टसमा हेर्न पाउनेछन् । नेपाली समय अनुसार आइतवार ४:१५ बजे चाईनिज क्लबहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् ।
यस्तै सोमबार ५:१५ मा सेन्जेन र बेईजिङ तथा मंगलबार ४:१५ मा साङ्घाई पोर्टसँग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ।
चार चरणमा विभाजन गरि खेलाइएको चाईनिज सुपर लिग (CSL)मा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ । आइतबारदेखी पहिलो चरणको १०औँ राउण्डको खेलहरु एक्सन स्पोर्टसले प्रशारण गर्न लागेको हो।
चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । विश्वकप, युरोपियन लिग, लगाएत अन्य लिगहरु रुचाउँदै आएको नेपाली फुटबल प्रेमी दर्शकहरुलाई, चाईनिज सुपर लिग (CSL) नयाँ फुटबल लिग थप हुनुको साथै विश्वस्तरीय फुटबल खेलाडिहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया