काठमाडौं । लुम्बिनी विकास बैंकले १५औँ वार्षिकोत्सवको अवसरमा २६औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । बैंकले उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान–पत्र किर्तीमानी आरोही शेर्पालाई प्रदान गरेको हो ।
सो सम्मान–पत्र बैंकका अध्यक्ष दशरथ रिसालले विकास बैंकको केन्द्रीय कार्यालयमा एक समारोहकाबीच प्रदान गरेका हुन्।
किर्तीमानी पर्वतारोही कामी रिता शेर्पा बिगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा “निरन्तर सहयात्री” बनी आवद्ध छन् । उनको यो किर्तीमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २६औँ पटक आरोहण गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया