काठमाडौं : विदेशी मुद्रासँग नेपाली रूपैयाँ थप कमजोर बनेसँगै कुवेत र बहरार्इनमा श्रम गर्ने प्रवासी नेपालीलार्इ फार्इदा पुग्ने देखिएको छ ।
नजिकिँदै गरेको चाडपर्वका लागि रकम जोहो गरिरहेका र नियमित घरखर्च पठार्इरहेका प्रवासीले यतिखेर नेपालमा रकम पठाउँदा पहिलेको भन्दा धेरै नेपाली रूपैयाँ पाउँछन् ।
बुधबार नेपालमा १ कुवेती दिनार साट्दा बिक्रिदर ३ सय ७८ रुपैयाँ ९३ पैसा पाउन सकिन्छ । यो मंगलबारको भन्दा १ रूपैयाँ ८२ पैसाले बढि हो । यस्तै, बहराइनको १ दिनार साट्दा बिक्रिदर ३ सय ४ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर बुधबार १ सय १४ रूपैयाँ २४ पैसा पुगेको छ । युरो १ को खरिददर १ सय ३२ रूपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ३२ रूपैयाँ ७२ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४६ रूपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४७ रूपैयाँ २७ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रिदर ३१ रुपैयाँ २६ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया