‘स्मार्ट स्कूल’ बनाउन सुर्खेतमा सरसफाइ सम्मेलन

सुर्खेत : ‘स्मार्ट स्कूल’ निर्माणका लागि आयोजना गरिएको सरसफाइ सम्मेलन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले उक्त सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शिक्षा र स्वास्थ्यलार्इ स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए । सम्मेलनमा चर्पीको प्रयोग, साबुनको प्रयोग, महिनावारी स्वच्छता व्यवस्थापन, सफा वातावरणलगायत विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।

चर्पीको पहुँच ६४ प्रतिशत, साबुनको प्रयोगमा ४१, महिनावारी स्वच्छता ५६, सफा पिउने पानीको प्रयोग ५८ तथा सफा वातावरणतर्फ ७१ प्रतिशत लक्ष्य हासिल भएको विद्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?