एजेन्सी: भिन्न भिन्न सञ्चार माध्यम र विज्ञहरूले संक्षेपमा यो नयाँ परमाणु युग भएको र परमाणु युद्ध भए चीन रुस एकतर्फ हुने जनाएका छन् ।
द न्यूयोर्क टाइम्सले गत साता चीनले अमेरिकी सैन्य वर्चस्वलाई अब चुनौती दिन सक्ने भएको समाचार उल्लेख ग-यो ।
ताइवान र विवादित दक्षिण चीन समुद्रको क्षेत्रमा देखिएको सैन्य तैनाथीले यो क्षेत्रमा बेइजिंगको हस्तक्षेपले अमेरिकालाई अनुमान गरेभन्दा धेरै महँगो सावित हुने जनाइएको छ ।
अमेरिकाको नीति निर्माताहरूको वृतमा चीनको अडानलाई हेर्दा युद्धको सम्भावना बढेर गएको बुझाइ छ ।
अझ भन्नु पर्दा चीन र अमेरिकाबीचको द्वन्द्वले प्रशान्त क्षेत्रमा तीव्रगतिमा परमाणु युद्धको विस्तार गराउन सक्छ ।
द टाइम्सले उल्लेख गरे अुनसार चीनले अमेरिकालाई सैन्य सक्षमतामा पछि पारिहँदा आफू विश्वकै ठूलो जल सैनिक भएको दाबी गर्छन् ।
गत वर्ष चीनले ३१७ सैनिक जहाजको संख्या थियो भने अमेरिकाको सैनिक जहाज २८३ रहेको एकतर्फ दाबी गरेको थियो ।
जलसेनाको क्षेत्रमा चीनको जनमुक्ति सेनाको क्षमता कति छ त्यो भने अझ स्पस्ट छैन् ।
साथै चीनको जनमुक्ति सेनाले ठूलो स्तरको युद्धमा संलग्न भएको अवस्था देखिएको छ्रैन् ।
ताइवान र दक्षिण चीन समुद्र क्षेत्रमा जल सैनिक तैनाथीले द्वन्द्वको अवस्था देखिन्छ ।
यहाँ तैनाथ गरिएका निर्णायक हतियारहरूको अवस्था विशेषगरी जहाज क्षेप्यास्त्र प्रणालीको क्षेत्रमा अमेरिका भन्दा चीनको राम्रो रहेको छ ।
चीनका लागि थप सहजता यो क्षेत्रमा रहेको छ । समुद्र वरिपरिका क्षेत्रमा चीनले नियन्त्रण कायम गरिसकेको छ ।
दक्षिण चीन समुद्रको उत्तरी क्षेत्रका टापूहरूमा सन् १९७४मा भियतनामसँग भएको सानो लडाइ पछि चीनले यस क्षेत्रमा नियन्त्रण कायम गरेको छ ।
सन् १९९४को अन्त्य र सन् १९९५को शुरूमा फिलिपन्सिका मिस्चेफ रीफ क्षेत्रमा नियन्त्रण कायम ग-यो ।
त्यसैगरी चीनले स्कारबोरफ शोलमा मनिलाबाट सन् २०१२मा नियन्त्रण कायम गरेको हो ।
पूर्वी चीन समुद्र अहिले जापानको नियन्त्रणमा रहेको छ । फिलिपिन्सको यो क्षेत्रलाई नियन्त्रणमा लिने ट्याक्टिस चीनले अपनाइरहेको छ ।
वायुसैनिक र जल सैनिकको क्षेत्रमा बेइजिंगले अमेरिकालाई पछाडि पारिरहेको देखिएको छ ।
सन् २०१६को डिसेम्बरमा अन्तर्राष्ट्रिय जलक्षेत्रबाट अमेरिकी ड्रोनको कब्जा गरियो । तर यो कार्य त्यतिखेर युद्धमा परिणत भएन ।
दक्षिण चीन समुद्रामा सन् २००९का मार्चमा चीनले अमेरिकी सैनिक तैनाथीलाई तर्सायो जुन अमेरिकामाथि युद्ध गर्ने किसिमका गम्भीर गतिविधि थियो ।
ग्रेट पावर्स, ग्रान्ड स्ट्रयाटजिजः द न्यू गेम इन द साउथ चाइना सीका सम्पादक एन्डर्स कोरले ठूलो भन्दा ठूलो जोखिमको विस्तारलाई चीनले स्वीकार गरेको विषय महत्वपूर्ण विषय भएको बताएका छन् ।
चीनले यसलाई हरेक मोर्चामा विस्तार गर्न खोजेको देखिएको उनीहरूको भनाइ छ ।
अमेरिकालाई जापानले आफ्नो सैनिक शिविरहरूको उपयोग गर्न दिएर सहयोग गर्ने अवस्था रहेको छ ।
तर अमेरिकी योजनाकारहरूले चीनलाई रुसले सहयोग गर्नेबारे चिन्ता व्यक्त गरेका छन् ।
सेप्टेम्बर ,सन् २०१६मा ८ संयुक्त जल सैनिक अभ्यास यी दुई देशले गरेका थिए ।
रुसले पनि आफ्नो भू–भागलाई बढाउन खोजेको देखिन्छ । सन् २०१४मा क्राइमियामा गरेको क्रियाकलापबाट यसको पुष्टि गरेको उनीहरूको बुझाइ छ ।
चीनले परमाणु ताकत संग्रह गरिरहेको छ ।
द्रुतगतिमा परमाणु वारहेड र ब्लास्टिक मिसाइलको क्षेत्रमा उत्तर कोरियाले गरेको प्रगतिबाट परमाणु खतरालाई बढाएको छ ।
चीन र उत्तर कोरिया दुबैको मित्र रहेको इरानले उनीहरूको सहयोगबाट परमाणु हतियारको निर्माण गर्नबाट धेरै टाढा छैन् ।
पाकिस्तानमा परमाणु हतियारको प्रसार चीनबाट शुरूमा प्राप्त भएको थिो । रुसले आफ्नो तीन छिमेकी बाल्टिक राज्यलाई तर्साउँदै आएको छ ।
यी सबै विषयलाई हेर्दा अहिले दुनिया परमाणुको एक नयाँ युगमा आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया