भारतले जापानबाट १८ बुलेट ट्रेन किन्ने

एजेन्सी : भारतले जापानबाट ७० अर्ब भारुमा १८ बुलेट ट्रेन किन्ने भएको छ ।

बुलेट ट्रेनसँग यसलाई भारतमा बनाउन सकिने प्रविधि पनि उपलब्ध गराउने गरी यो खरिद सम्झौता हुन लागेको हो ।

सन् २०२२को अन्त्यसम्म मुम्बई र अहमदाबादबीच पहिलो बुलेट ट्रेन गुडाउने योजना भारत सरकारको छ ।

जापानी सहयोगमा ५०८ किलोमिटर लामो उच्चगतिको ट्रेन गुडाउन करिडोरको निर्माण भइरहेको छ ।

जापानबाट खरिद गरिने हरेक ट्रेनमा १० कोच हुने र प्रतिघन्टा २५० किलोमिटरको दरले गुडने क्षमता भएको हुनेछ ।

मुम्बई अहमदाबादमा गुड्ने यो बुलेट ट्रेनलाई १८ हजार यात्रुले उपयोग गर्ने अपेक्षा गरिएको छ ।

इकोनोमी क्लासमा यात्रा गर्न यो ट्रेनको प्रतिव्यक्ति ३ हजार भारु तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?