काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा भाग लिन पदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपा पुग्ने क्रम जारी छ ।
केही बेर अघि मात्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा पुगेका थिए ।
सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले सभापति देउवाविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘भ्रातृसंस्था नेपाली कांग्रेसलाई आवश्यक छ कि छैन ?’
सो विषयमा जानकारी दिँदै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका शेखर समूहका युवा नेता निरन्जन थापाले आफूहरुले पार्टी र भातृ संगठनको विधान कार्यान्वयन गर्न दबाब दिएको बताए ।
‘सभापतिज्यूले जुन किसिमले विधान मिचेर पार्टीभित्रको निर्णय गर्नुभएको छ त्यसमा हाम्रो समूहको पूर्ण विमत्ती रहेको छ । शेखर समूहले ल्याएको ४१ प्रतिशत मतको अवमूल्ययन गरिएको छ । त्यसको विरुद्ध हाम्रो खबरदारी जारी रहनेछ । साथै लथालिंग रुपमा रहेको भातृ र शुुभेच्छुक संस्थालाई चलायमान बनाउन नसकेको विषयमा समेत हाम्रो विरोध रहेको छ । पार्टीभित्रको विभेद अन्त्य गर्दै भातृ र शुुभेच्छुक संस्थालाई चलायमान नबनाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया