पाभार्ड अर्को सिजनमा बायर्न म्युनिख जाने

जर्मनी । रसिया विश्वकप च्याम्पियन फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्ड जर्मन क्लब बायर्न म्युनिखमा आवद्ध हुने पक्का भएको छ । 

२२ वर्षे पाभार्ड जर्मन क्लब स्टुटगार्डबाट बायर्न म्युनिख जान लागेका हुन् । पाभार्ड अर्को सिजनमा म्युनिख जाने बताइएको छ । उनको पाभार्डसँगको सम्झौता सन् २०२१ सम्म रहेको छ ।

फ्रान्सेली पाभार्डलाई इंग्लिस क्लब लिभरपुल, टोट्नह्याम र आर्सनलले भित्र्याउने इच्छा देखाएको थियो । 

उनले अझै बाँकी एक सिजन स्टुटगार्डमा नै रहने बताए । डिफेन्डर पाभार्डले गत जुनमा भएको विश्वकप मार्फत राष्ट्रिय टिममा डेब्यु गरेका उनले १२ खेल खेल्दै १ गोल गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?