सेयर बजारमा भारी गिरावट, कारोबार रकम भने बढ्यो

लोकपथ
21
Shares

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सेयर बजार निरन्तर घट्दा लगानीकर्ताहरुको मनोबल खस्किन थालेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्न बैंकको ब्याजदर बढाउने तर्क दिइरहँदा लगानीकर्ताहरुमा भने त्रास बढेको छ । सेयर बजारमैत्री मौद्रिक नीति आउँला कि नआउँला भन्ने दोधारमा लगानीकर्ता रहेका छन् ।

सोमबार पनि सेयर बजारमा भारी गिरावट देखिएको छ । यस दिन नेप्से परिसूचकमा भारी गिरावट आए पनि कारोबार रकम भने बढेको छ ।

अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो ।

सोमबार सेयर बजार मापक नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १३ .०३ अंकले बढेर ३६६.८६ बिन्दुमा झरेको छ ।

कारोबार अवधिभर २२७ कम्पनीको ६३ लाख ३१ हजार ६४१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन १३ वटै सूचक राताम्य बनेको छ । जसमध्ये पनि व्यापार, फाइनान्स, हाइड्रोपावर समूहको सेयर मूल्यमा सर्वाधिक गिरावट भएको छ । आज एउटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सोल्टी होटलको सेयर मूल्यमा झिनो वृद्धि भएको छ ।

यता ग्रामिण विकास लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी, किसान लघुवित्त, हिमालयन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।

सोमबार हिमालय डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीले ११ करोड ४ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसिया बैंकको आठ करोड ७१ लाख, अपर तामाकोसीको आठ करोड ४१ लाख, एसियन लाइफको आठ करोड १७ लाख र नेपाल लाइफको सात करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?