डिएसपी टेकुनन्द लिम्बुदेखि जवान जीवन श्रेष्ठसम्म साउन महिनाका उत्कृष्ठ प्रहरी

काठमाडौं । साउन महिनाको ‘काठमाडौं प्रहरी अवार्ड’ महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी टेकुनन्द इवा लिम्बु र महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी गौतमकुमार केसीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । 

महानगरीय प्रहरी परिसर, काठमाडौं र नेपाल–बंगलादेश बैंकले स्थानपना गरेको उक्त पुरस्कारको राशी डिएसपी तहको अधिकृतका लागि ५० हजार रहेको छ । सोह्रखुट्टे बृत्तका प्रमुख केसीले उपत्यकामै उत्कृष्ठ प्रहरी अधिकृतहरुको रुपमा चर्चा कमाइ सकेका छन् ।

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको कमाण्ड सम्हालेको १५ दिन नबित्दै कार्यालय व्यावस्थापनमा सबैलाई पछि पार्दै उत्कृष्ठ काम गरेका छन् । उनीहरुलाई बुधबार परिसरमा आयोजित एक समारोहका बीच पुरस्कार प्रदान गरिएको हो । 

त्यस्तै, प्रहरी निरीक्षकतर्फ प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी निरीक्षक अनिलकुमार अधिकारी र महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठलाई उत्कृष्ट प्रहरी निरीक्षक भएका छन् । 

उनीहरुले संयुक्त रुपमा जनही ३५ हजार पुरस्कार राशी प्रदान गरिएको छ । प्रहरी नायब निरीक्षकतर्फ मिनबहादुर खड्का र पूर्णबहादुर कठायत, प्रहरी सहायक निरीक्षकतर्फ सुरेन्द्रबहादुर बसेल र विश्वभुषण खड्का पुरस्कृत भएका छन् ।

‘प्रहरी नायब निरीक्षकको पुरस्कार राशि २५ हजार र प्रहरी सहायक निरीक्षकको पुरस्कार राशी २० हजार रहेको छ’ ।

‘प्रहरी हवल्दारतर्फ किशोरकुमरा गोले र रुपबहादुर थापा पुरस्कृत भएका छन् । उनीहरुको पुरस्कार राशी १५ हजार छ । प्रहरी जवानतर्फ कमलप्रसाद देवकोटा र जीवन श्रेष्ठ १० हजार नगद सहित पुरस्कृत भएका छन् ।

काठमाडौं प्रहरी परिसर अन्तर्गत विभिन्न युनिटमा खटिने प्रहरी जवानदेखि डिएसपीसम्मको आत्ममनोबल बढाउन यही वैशाखदेखि उक्त पुरस्कार स्थापना गरिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?