एनएमबि बैंकले गर्‍यो फ्लाईवायरसँग समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने

लोकपथ
35
Shares

काठमाडौं । एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाईवायर कर्पोरेसनसँग द्विपक्षीय समझदारी गरेको छ । यो समझदारीसँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्वभरका एक हजार सात सय भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ ।

नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियो । त्यसैगरी रकम प्राप्त हुने संस्थामा पनि ट्युसन शुल्कहरु सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरु पूरा गर्नु पर्ने बाध्यता थियो । हाल एनएमबि बैंक र फ्लाईवायरले सँगसँगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागी एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियूक्त सेवा प्रदान गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?