तत्काल फुटबलबाट सन्यास लिन्न : कप्तान बिराज महर्जन

बंगलादेश । नेपाली राष्ट्रिय टिमका कप्तान बिराज महर्जनले जारी साफ च्याम्पियनशिपको बाँकी दुई खेल जित्ने टिमको लक्ष्य रहेको बताएका छन् ।
 
भोली ‘बिहीवार’ हुने दोस्रो खेलको तयारी गरिरहेका कप्तान महर्जनले एक खेलमा हार बेहोरेपनि अझै मौका रहेको जानकारी दिएका हुन् । 

‘एक खेल हार्‍यो भनेर साफ च्याम्पियनसिपको यात्रा सकियो भनेर बस्नु हुँदैन् । अझै दुई खेल खेल्न बाँकी छ । आशा गरौ खेलमा जे पनि हुन सक्छ । त्यसैले साफमा उत्कृष्ट खेल्ने प्रयास गर्नेछौँ ।’ उनले भने । 

'मैले राम्रो गर्दागर्दै पनि कुनै लिडिङ गर्न सक्ने जुनियर खेलाडी आउछ भने अवश्य मैले सेफ ल्याडिङमा जानुपर्छ '

साथै, पाकिस्तानविरुद्धको पहिलो खेलमा टिमका खेलाडीहरु अन्तिम समयमा सम्हालिन नसक्दा हार बेहोरेको पनि बताए । ‘पाकिस्तानसँगको खेल जित्नै पर्ने दवाव हामीलाई थियो । पहिलो हाफसम्म एक-शुन्यले पछाडी परेपनि दोस्रो हाफमा हामीले बराबरी गोल फर्कायौ । तर, खेल जित्नै पर्ने भएकाले खेलाडीहरुको तालमेल नै बिग्रियो र खेलमा हार बेहोर्‍यो ।’ उनले बताए । 

साथै, अर्को खेलमा पुन यो गल्ती नहोर्‍याउने बताए । उनले भने ‘मैले राम्रो गर्दागर्दै पनि कुनै लिडिङ गर्न सक्ने जुनियर खेलाडी आउछ भने अवश्य मैले सेफ ल्याडिङमा जानुपर्छ भन्ने सोचेको छु । फिजिकलले साथ दिएसम्म म फुटबल नै खेल्छु ।’ 

उनले राष्ट्रिय टिममा एक दशक बिताइसकेका छन् । ६८ खेल खेलिसकेका महर्जनले तत्काल खेल जिवनबाट सन्यास लिने कुनै योजना नभएको जानकारी दिए । बिहीवार भुटानविरुद्ध खेल खेल्दै उनी नेपालको सबैभन्दा बढी खेल खेल्ने खेलाडी बन्नेछन् । यस अघि पूर्व खेलाडी राजु शाक्यले  सर्वाधिक ६८ क्याप खेल्ने रेकर्ड बनाएका थिए ।  

त्यस्तै, नेपालले बिहीवार दोस्रो खेलमा भुटानलाई हराउनै पर्ने दवाव रहेको छ । 

बिहीवार भुटानविरुद्ध खेल खेल्दै उनी नेपालको सबैभन्दा बढी खेल खेल्ने खेलाडी बन्नेछन् । यस अघि पूर्व खेलाडी राजु शाक्यले सर्वाधिक ६८ क्याप खेल्ने रेकर्ड बनाएका थिए ।  

जारी 'साफ' च्याम्पियनसिपको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बंगबन्धु नेशनल स्टेडियममा हुनेछ । 

उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिप फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको थियो । यसअघि मंगलवार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियो । 

प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी ७ राष्ट्रको सहभागिता रहेको छ । 

नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै, भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । च्याम्पियनसिपमा समूहको शीर्ष दुई टोलीले अन्तिम चारमा स्थान बनाउनेछन् । 

प्रारम्भिक नेपाली टिम

गोलकिपर – किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने 

डिफेन्डर – दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्डर – हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ, नीराजन खड्का

फरवार्ड – भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?