१ देश आर्थिक संकटको संघारमा, समयमा आर्थिक न्यूनीकरण नभए श्रीलंकाको बाटोमा जाने सत्तारुढदेखि प्रतिपक्षी दलका नेताहरुको भनाइ ।
२ नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउको दौडधुप, प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रचण्डसम्मले गरे भेटघाट, ऋणभन्दा अनुदान दिन लिउलाई प्रधानमन्त्रीको जोड ।
३ आगामी चुनावमा जित हासिल गर्न तयारी अवस्थामा रहन एमाले अध्यक्ष ओलीको कार्यकर्तालाई आग्रह, बहुमतका लागी १६ प्रतिशत मात्र मत आवश्यक रहेको भनाइ ।
४ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक प्रतिनिधीसभाबाट पारित, अब प्रदेश र केन्द्र सरकारबीच अन्यौलता नरहने जिकिर ।
५ संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने कांग्रेस नेता शेखर कोइरालाको माग, प्रधानमन्त्री देउवा गलत सल्लाहको पछि लागेको महामन्त्री विश्व प्रकाश शर्माको भनाइ ।
६ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सानेपामा शेखर कोइराला निकट कार्यकर्ताको विरोध, भातृसंस्थाहरुमा एकलौटी आफुनिकट व्यक्ति नियुक्त गरेको आरोप ।
७ चालिस लाखभन्दा माथीको गाडी निर्यातमा प्रतिबन्ध लगाउन र शिक्षाको लागि बाहिरीने रकममा समेत निगरानी गर्न सासंदहरुको माग, देश आर्थिक संकटको संघारमा रहेको भनाइ ।
८ मूल्य वृद्धि अझै बढ्न सक्ने गभर्नर महाप्रसाद अधिकारीको भनाइ, व्यापारिक घरानाले ठुलो रकम ऋण लिँदा अर्थतन्त्र जोखिमा, ब्याजदर बढाएर भए पनि मूल्य वृद्धि न्यूनिकरण गनुपर्ने सल्लाह ।
९ नेपालमा कोरोना संक्रमणको ग्राफ फेरी उकालो लाग्न थाल्यो, सोमबार थप १६८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ७७० पुग्यो ।
१० जेठ महिनामा वैदेशिक मुद्रा सञ्चितिमा आंशिक सुधार, देशको ढुकुटिमा ११ खर्ब ७६ अर्ब रुपैयाँ सञ्चित, रेमिट्यान्स ३.८ प्रतिशतले बढेर ९ खर्ब ४ अर्ब पुग्यो ।
११ सोमबार सेयर बजारमा भारी अंकको गिरावट, नेप्से ७७ अंकले घट्दा २ अर्ब ३२ करोडको कारोबार ।
१२ भारतमा एकै दिनमा १८ हजारमा कोरोना संक्रमण, संक्रमित बढेसँगै सरकारले खोप कार्यत्रमलाई प्राथमिकता दिने ।
१३ श्रीलंकामा विपक्षी पार्टी अन्तरिम सर्वदलिय सरकार बनाउन सहमत, प्रधानमन्त्री र राष्टपतिले राजिनामा नदिएसम्म दरबार नछाड्ने अडानमा प्रर्दशनकारी ।
१४ क्यारेवियन प्रिमियर लिगमा सन्दिप लामिछाने जमैकाबाट खेल्ने, एक सातामा उनले दुईवटा फेन्चाइज लिग खेल्दै ।
१५ राष्ट्रिय खेलकुद परिषदद्वारा विभिन्न १३ खेलाडीलाई नगदसहित पुरस्कृत, गतवर्ष अन्तर्राष्ट्रिय स्तरमा उकृष्ट प्रदर्शन गरेको आधारमा जनही ५० रुपैयाँले सम्मान ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया