काठमाडौं । बढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्द्धन हेतु यस विकास बैंकले पुनः एकपटक बृहत वृक्षारोपण कार्यक्रमको सफल आयोजना गरेको छ ।
असार २८ गते मंगलबारका दिन टोखा नगरपालिका-२ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपिएको थियो ।
उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुप अफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जनहरुको पनि उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया