सेयर बजारमा सामान्य सुधार, दोहोरो अंकले बढ्यो नेप्से

लोकपथ
35
Shares

काठमाडौं । मंगलबार भने सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन १३ वटै सूचकमा हरियाली छाएको छ ।

आज सेयर बजार मापक नेप्से परिसूचक ११.६८ अंकले बढेर १९२७.२८ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक २.०९ अंकले बढेर ३६८.९५ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर कुल २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँमा किनबेच भएको छ ।

आज अरुण कावेली पावरको सर्वाधिक कारोबार भएको छ ।

यस दिन १३० कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, १० वटा कम्पनीको सेयर मूल्यमा कुनियो परिवर्तन देखिएको छैन ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्टक्चर, युनाईटेड इन्स्योरेन्स लगायत कम्पनीको सेयरमूल्य बढेको छ ।

त्यस्तै, नयाँ सारथी लघुवित्त, आरबीबी म्युचुअल फण्ड, नबिल इक्वीटी फण्ड प्रभु लाइफ इन्स्योरेन्स लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?