एनआईसी एसिया बैंकले ल्यायो नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने सेवा

लोकपथ
42
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने Cash Recycler सेवाको शुभारम्भ गरेको छ।

यस नवीन सेवामार्फत अब ग्राहकले सहज रुपमा बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्नेछन्। यस सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ।

यस मेसिनबाट रु. १ र रु. ५०० दरका नोटहरुमात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एकजना ग्राहकको खातामा दैनिक अधिकतम रु. ९९ हजार ५००सम्म नगद जम्मा गर्न सकिने सीमा रहेको छ। सहज एवं सरल बैंकिङलाई अँगाल्दै आएको एनआईसी एसिया बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले Cash Recycler मेसिनमा डेबिट कार्ड राखेर एटीएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने वा राख्ने बक्स खुल्नेछ।

उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारीसमेत ग्राहकले एसएमएस तथा रिसिप्टमार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ।

बैंकले यो सेवा हालका लागि आफ्नो कर्पोरेट अफिस शाखा थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरुमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ। यसका साथै यो Cash Recycler मेसिनबाट ग्राहकले दैनिक रुपमा एटिएम मेसिनबाट झैँ सरल रुपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?