सिद्धार्थ बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबल कारमा १० प्रतिशतसम्मको छुट

लोकपथ
14
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडर पोखरा स्थित अन्नपूर्ण केबल कार प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई केबल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कार प्रालिका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले अन्नपूर्ण केबल कार प्रालिमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी केबल कारको टिकट खरिद बापत १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?