सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

लोकपथ
49
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीचभिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको हो ।

यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंकका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको शर्त बन्देज तथा सुविधाको अधिनमा रही क्युआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ ।

मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन । क्रेडिट कार्डवाहकहरुले समेत क्यआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुने बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटकातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृतशंकर केसीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?