काठमाडाैं :अमेरिकी डलरसँग नेपाली रूपैयाँ हालसम्मकै कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विनिमयदरअनुसार अाज नेपालमा १ अमेरिकी डलर साट्दा १ सय १५ रूपैयाँ ११ पैसा पार्इन्छ । यो दर अहिलेसम्मकै उच्च हो ।
अाज १ अमेरिकी डलरको खरिददर १ सय १४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १ सय १५ रूपैयाँ ११ पैसा तोकिएको छ ।
विदेशी मुद्रासँग नेपाली रूपैयाँको विनिमयदर कमजोर भएपनि अधिकांश नेपाली युवाहरू वैदेशिक रोजगारीमा रहेकाले नागरिकस्तरमा खासै फरक नपर्ने विज्ञहरू बताउँछन् ।
यद्यपी : तेस्रो मुलुकबाट सामान अायात गर्दा अमेरिकी डलरमै भुक्तानी दिनुपर्ने भएकाले नजिकिँदै गरेको चाडबाडमा केही उपभोग्य सामग्रीको मूल्य बढ्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया