काठमाडाैं । धनगढी उप-महानगरपालिकाका मेयर गाेपाल हमालले आफ्नाे पहिलाे महिनाकाे सेवा सुबिधामार्फत प्राप्त गरेको रकम विद्यालायलाई हस्तान्तरण गरेका छन् ।
सेवा सुबिधामार्फत प्राप्त गरेका एकासी हजार पाँच सय छहत्तर रुपैयाँ उनले धनगढी उपमहानगरपालिका वडा नं ११ मा अवस्थित श्री दक्षिणकाली वहिरा आधारभुत आवसिय विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीको लुगाका लागि विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेको मेयर हमालले बताएका छन् ।
दक्षिणकाली वहिरा आधारभुत आवासीय विद्यालयमा हाल १०३ विद्यार्थी आवाससहित अध्ययनरत छन् । सुदुरपश्चिम प्रदेशका कैलाली, कंचनपुर, डोटि, बैतडी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा जिल्लाका फरक क्षमताका विद्यार्थी अध्ययन गर्छन् ।
कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालय विभिन्न अभाव र समस्या बिच संचालित रहँदै आएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया