काभ्रेको छोर्इछेल गुम्बा लुटेका ५ जना स्थानीय पक्राउ

बनेपा : काभ्रेको खानीखोला गाउँपालिका-७ स्थित छोर्इछेल कुण्डलाङ गुम्बा लुट्ने स्थानीय ५ युवालार्इ प्रहरीले पक्राउ गरेको छ । 

गुम्बाका पुजारी तिलक लामालार्इ नियन्त्रणमा लिएर काभ्रे खानीखोला ७ का अनिल घिसिङ, खानीखोला २ का रमेश थोकर, जगतबहादुर गोले, पनौती नगरपालिका ८ का विकास बन्जारा र निशान गोलेले गुम्बा लुटेका थिए । 

गुम्बाबाट उनीहरूले साढे ३ लाख रूपैयाँ र शंख लुटेको प्रहरीले जनाएको छ । 

रकम र शंख लिर्इ भागेका लुटेरा समुहलार्इ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

नियन्त्रणमा रहेका लुटेराहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?