काठमाडाैंको स्वयम्भुमा कारभित्र लास भेटियो

काठमाडौं : बाैद्ध धर्मालम्बीको तीर्थस्थल स्वयम्भु स्तुपा नजिकै पार्किङ गरिराखेको कारभित्र एक पुरूषको शव भेटिएको छ । 

बा ८ च ७०२१ नम्बरको सो कारभित्र अन्दाजी ३० बर्षका पुरूषको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । 

झ्यालढोका बन्द रहेको अवस्थामा सो कारमा भेटिएको शवको पहिचान हुन बाँकी छ । 

प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?