काठमाडौं । एयर एसियाले क्वालालाम्पुर-काठमाडाैं उडान एक वर्षको लागि स्थगित गर्ने जनाएको छ ।
मलेसियाको क्वाललम्पुर–काठमाडौं रुटमा नियमित उडान गरिरहेको बजेट एयरलाइन्स एयर एसियाले उडान बन्द गर्नको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा आवेदन दिएको छ ।
यही अक्टोबर १३ अर्थात असोज २७ गतेदेखि एक वर्षका लागि उडान स्थगन गर्न कार्यांलयमा निवेदन दिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
लगातार घाटा भएपछि उडान बन्द गर्नुपर्ने भन्दै उसले पत्र पठाएको हो । तर, मलेसिया पठाउने कामदारको समस्या समाधान हुने भन्दै उडान बन्द नगर्न सुझाव दिइएको महाप्रबन्धक क्षेत्रीले जनाकारी दिए ।
वैदेशिक रोजगारीमा मलेसिया जाने कामदार लक्षित गर्दै उडान सुरु गरेको एयरलाइन्सले नेपाली कामदारलाई मलेसिया पठाउन रोकिएसँगै उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया