एजेन्सी : अमेरिकाका रक्षामन्त्री जेम्स म्याटिस र विदेशमन्त्री माइक पोम्पिओ बिहीबार भारत आउने भएका छन् ।
उनीहरू भारतकी रक्षामन्त्री निर्मला सीतारमण र विदेशमन्त्री सुषमा स्वराजसँग टु प्लस टु वार्ताका लागि आउने भएका हुन् ।
यो वार्ता यसअघि गत अप्रिलमा हुने तय भएको थियो ।
तर त्यतिखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालीन विदेशमन्त्री रेक्स टिलरसनलाई पदमुक्त गरेका थिए ।
त्यसैले त्यो वार्ता सेप्टम्बरमा सारियो ।
भारत र रुसबीचको रक्षा सम्झौताबाट अमेरिका चिन्तित रहेको छ ।
इरानबाट तेल आयात गर्ने भारतको बाध्यता छ । अमेरिकाले यी दुई देशमाथि आर्थिक नाकाबन्दी लगाइआएको छ ।
अमेरिकी प्रशासनले जुनसुकै बेला जुनसुकै निर्णय लिन सक्ने स्थितिलाई स्पस्ट गर्दै आएको छ ।
उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्न र इरानसँगको बहुपक्षीय सम्झौतालाई भंग गर्न सम्मका अमेरिकी क्रियाकलापले यो पुक्ष्टि भएको हो ।
हतियार खरिद गर्ने विश्वका सबैभन्दा ठूलो देश भारत हो । रुस भारतको सबैभन्दा ठूलो निर्यातक देश हो ।
अमेरिकाले यो समीकरणमा परिवर्तन गर्न खोजेको छ ।
केही वर्ष यता अमेरिकाबाट हतियार खरिद बढेको देखिएको छ ।
तर अमेरिकी राष्ट्रपति ट्रम्पको व्यवहार फरक किसिमको छ ।
अमेरिकाले भारतलाई रुसबाट हतियर किन्ने छुट दिन नसक्ने अमेरिकी बरिष्ठ अधिकारीको बुझाइ छ ।
भारतका कुटनीतिज्ञहरूका अनुसार रुससँगको सम्बन्धलाई पछि फर्काउन सकिँदैन् ।
भारतको वायु रक्षा रक्षा प्रणालीका लागि रुससँगको सम्झौता महत्वपूर्ण रहेको उनीहरूको भनाइ छ ।
यस्ता विषयमा टु प्लस टुको वार्तामा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया