सेयर बजारमा सकारात्मक माहोल, नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि

लोकपथ
14
Shares

काठमाडौं । बुधबार पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । मंगलबार सामान्य सुधार देखिएको बजारमा आज उच्च अंकको वृद्धि देखिएको हो । आज सेयर बजार ३.०९ प्रतिशतले बढेको छ ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा उक्लिएको छ ।

त्यस्तै, ठूला तथा बलिया कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक १२.४२ अंकले बढेर ३८१.३७ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता सेयर २ अर्ब ४ करोड४४ लाख ४३ हजार रुपैयाँमा किनबेच भएको छ ।

१३ वटै सूचकमा हरियाली छाउँदा व्यापार र फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

आज २ वटा फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस दिन नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यसैगरी, सीईडीबी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

यस दिन शिवम सिमेन्टको सर्वाधिक ९ करोड २ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?