काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप ५१ खर्ब ११ अर्ब रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको यही असार २७ गतेसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी सहितका ६१ वटा संस्थाहरुले उक्त अनुपातमा निक्षेप संकलन गरेका हुन ।
यसअवधिमा वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप ४५ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुले संकलन गरेको निक्षेप पाँच खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार यही असार २७ गतेसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने ४६ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ । सो मध्ये वाणिज्य बैंकहरुले प्रवाह भएको कुल कर्जा रकम ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुग्ग्दा बिकास बैंक र फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा अनुपात सिडी रेसियो ८६ दशमलव ९८ प्रतिशत रहेको छ भने अन्तर बैंक कारोबारको ब्याजदर सात प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया