बंगलादेश । बंगलादेशमा जारी १२ औँ ‘साफ’ च्याम्पियनसिप अन्तर्गत नेपाल र भुटानबीचको पहिलो हाफको खेल सकिएको छ ।
ढाकास्थित बंगबन्धु रंगशालामा बिहीवार भएको समूह ‘ए’ को दोस्रो खेलको पहिलो हाफसम्म नेपाल भुटानभन्दा एक-शुन्य गोल अन्तरले अगाडी रहेको छ ।
खेल शुरु भएको लगतै नेपालले गोल गर्ने सुन्दर मौका गुमायो । नबौं मिनेटको खेल चलिरहदा नेपालका रोहित चन्दको उत्कृष्ट प्रहार भुटानका गोलरक्षक बचाउ गरे । १३ औं मिनेटमा बिमल घर्तिमगरको प्रहार भुटानका डिफेन्डर क्लिर गरे ।
प्रतिस्पर्धात्मक रहेको खेलको २१ औं मिनेटमा नेपालका अनन्त तामाङले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । सुनिल वलले कर्नरबाट दिएको बललाई तामाङले हेडमार्फत गोलपोष्टको जाली चुमाउन सफल भए ।
खेलको २८ औं मिनेटमा भुटानका चिन्छो ग्याल्छेनले प्रहार गरेको बल नेपालका डिफेन्डर आदित्य चौधरीले क्लियर गरे ।
लगत्तै भुटानको अर्को प्रहारलार्इ गोलरक्षक किरण लिम्बुले बचाए । ३४ औं मिनेटमा नेपालका दिनेश राजवंशीको पासमा विमल घर्तिमगरको प्रहार गरेको बल भुटानका डिफेन्डरले विफल पारे । ४१ औं मिनेटमा रोहित चन्दको पासमा सुजल श्रेष्ठको हेडर पोस्टमाथिबाट बाहिरिएको थियो ।
पहिलो हाफसम्म नेपालले प्रहार गरेको ११ सट मध्ये ३ सट मात्र टार्गेटमा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया