काठमाडौं । कुमारी बैंक लिमिटेडले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाहरुको घोषणा गरेको छ । सो योजनामा ईच्छुक व्यक्ति तथा संघसंस्थाहरु समावेश हुन सक्नेछन् ।
उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्था तर्फ लक्षित छन् । सो निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरुले तोकिएको अवधि समाप्तीपछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल (नियमानुसार लाग्ने करकट्टी पश्चात्) प्राप्त गर्न सक्नेछन् ।
व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । उल्लिखित मुद्दती योजनाहरु सीमीत अवधिको लागी मात्र लागू हुनेछन् ।
नेपाली वित्तिय क्षेत्रमा हालसम्मकै व्यक्तिगत एवं संस्थागत मुद्धतीमा उच्चतम ब्याजदर दिने मध्येमा यी योजनाहरु पर्दछन् । वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफल सहितको सो योजनामा समावेश हुने संघसंस्थाहरुले आगामी दशककै उत्कृष्ट प्रतिफल प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया