काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार तिनकुनेस्थित केन्द्रिय कार्यालय प्रभु कम्पेक्समा विशेष साधारणसभा सम्पन्न गरेको हो ।
सभाले कम्पनीको चुक्ता पुँजी वृद्धिको लागि भविष्यमा कुनै पनि निर्जिवन बीमा कम्पनीहरुसंग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ती गर्न सक्ने तथा आवश्यकता अनुसार हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्न सक्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले मर्जर तथा प्राप्ती सम्बन्धि निणर्य गर्न, सो सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पती र दायित्व मुल्यांकन गर्न सञ्चालक समितीलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया