लोकपथ टप फिप्टिन हेडलाइन्स : विवादमा गभर्नरदेखि १ खर्ब ५३ अर्बले थपिएकाे बेरुजुसम्म

लोकपथ
28
Shares

१  एमालेको अर्थ तथा योजना विभागको सदस्यमा शंका उब्जिएसँगै गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिए, बर्खास्त गर्न चौतर्फी माग, सडकदेखि सदनसम्म विरोध ।

२  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सनातन धर्मलाई मुख्य एजेन्डा बनाउन नेताहरुको सुझाव, बेथिति र जनतामा वितृष्णा हटाउन पनि हिन्दु धर्मको विकल्प नरहेको भनाइ ।

३ राजनीतिक दलहरूप्रति घृणा फैलाउने प्रवृत्ति चलेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, राजनीतिक दलको संघर्ष र योगदानले ल्याएको व्यवस्था राजनीतिक दलले नै रक्षा गर्ने भनाइ ।

४ नागरिकता विधेयक पारित गर्न सांसदहरूलाई गृहमन्त्री बालकृष्ण खाणको आग्रह, नागरिकलाई नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नदिनु सरकारको दायित्व ।

५ एक वर्षमै १ खर्ब ५३ अर्बले बढ्यो बेरुजु, हालसम्म बेरुजु ८ खर्ब २९ अर्ब पुगेको महालेखा नियन्त्रक कार्यालयको भनाइ, २६ सार्वजनिक संस्थानले लेखा परीक्षण नै गराएनन् ।

६  रिक्त रहेको उपसभामुख पदका लागि साढे २ वर्षपछी प्रतिनिधि सभाबाट निर्वाचन हुँदै, उपसभामुखका लागि असार ३१ मा मतदान हुने ।

७ अर्थतन्त्रलाई व्यापारिक घरानाको कब्जाबाट बाहिर ल्याउन आवश्यक रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापा भनाइ, आगामी वर्षको मौद्रिक नीतिलाई चलायमान बनाउन सुझाव ।

८  राजदूतहरुले निर्यात प्रबर्द्धन र लगानी भित्र्याउन पहल गर्नुपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको भनाइ, आयात न्यूनीकरण गर्दै व्यापारघाटा घटाउने र निर्यात बढाउने सरकारी लक्ष्य रहेको उल्लेख ।

९ भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा भिषण आगलागी, दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी ।

१०  नेपालमा कोरोना संक्रमणदर दिनहुँ उकालो लाग्दै, बुधबार थप २०६ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो ।

११  बुधबार सेयर बजारमा देखियो सकारात्मक माहोल, नेप्से परिसूचक ५९ अंकले बढ्दा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार, १३ वटै सूचक हरियाली ।

१२ रसिया र युक्रेन विच खाद्यन्न निर्यात गर्ने बिषयमा वार्ता हुँदै, विश्वका धेरै देशमा खाद्यान्न संकट बढेपछि दुबै देशका सेना इस्तानबुलमा वार्ता गर्न तयार ।

१३  राजनीतिक अस्थिरता र अराजकताका बीच श्रीलंकामा प्रधानमन्त्रीले गरे संकटकाल घोषणा, राष्ट्रपति राजापाक्षेले देश छोडेपछि अवस्था झन तनावपूर्ण, प्रधानमन्त्रीलाई समेत पद छोड्न दबाब ।

१४ आईसीसीको एकदिवसीय र टी–ट्वान्टीमा नेपालको वरीयताको यथावत, नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा, इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा ।

१५  स्पेनलाई हराउँदै जर्मनी महिला युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश, समूह ‘बी’ को दुई खेलमा शतप्रतिशत जितसहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?