काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म बिक्री गरेको आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज (बिहीबार) आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए। जसमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ । बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापीटलले जनाएको छ ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो । गोलाप्रथाबाट गरिएको बाँडफाँट १ लाख ८२ हजार ४७ आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । सोमध्ये ५ जनाले थप एक कित्ता अर्थात् ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो । बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया