हलिउडका जुँगे स्टार बर्ट रेनल्ड्सको निधन

एजेन्सी : हलिउडका जुँगे स्टार बर्ट रेनल्ड्सको ८२ वर्षको उमेरमा अमेरिकाको फ्लोरिडाािस्थत एक अस्पतालमा ह्दयघातबाट मृत्यु भएको उनका परिवारजनले जनाएका छन् ।

सन् १९७२मा डिलिभरेन्स नामक फिल्मबाट चर्चित भएर हलिउडका लेजेन्ड बन्न पुगेका रेनल्ड्सलाई स्मकी एन्ड द ब्यान्डिट, द क्यानेनबल रन र बुगी नाइट्स जस्ता फिल्ममा गरेको अभिनयबाट हलिउड सिनेमा प्रेमीहरू माझ लोकप्रिय रहेकाछन् ।

उनको सन् २०१०मा बाइपास सर्जरी गरिएको थियो ।

उनले दुई पटक विवाह गरेका थिए । पहिलो विवाह उनले बेलायती अभिनेत्री जुडी कार्नेसँग १९६३मा गरेका थिए ।

त्यो विवाह दुई वर्षको सहयात्रापछि  विछोडमा परिणत भयो ।

त्यसपछि सन् १९८८मा अमेरिकी अभिनेत्री लिओनी एन्डरसनसँग दोस्रो विवाह गरे ।

तर उनको यो विवाह पनि दुखद रहयो । सन् १९९३मा उनको यो विवाह विच्छेदमा परिणत भयो ।

त्यसपछि उनले क्विनटनलाई धर्मपुत्र बनाए ।

सन् १९९६मा रेनल्ड्सले १ करोड १० लाख अमेरिकी डलरको ऋण भएको भन्दै टाटपल्टिएको निवेदन दिएका थिए ।

सन् २०१४मा उनले आफ्ना पुरस्कार र सम्मान बेच्न बाध्य भए जसमा बुगी नाइट्सका लागि द गोल्डन ग्लोब अवार्ड पनि थियो ।

किशोर रेनल्ड्सले फ्लोरिडा स्टेट युनिभर्सिटीका ला गि फुटबलको छात्रवृति पाएका थिए । घुँडाको समस्याका कारण यो छात्रवृति समाप्त भयो ।

प्रहरीका नाइके उनका पिताले उनको अभिनयको आंकाक्षालाई अनुमोदन गरेका थिएनन् ।१९५६मा फ्लोरिडा स्टेट ड्रामा अवार्डबाट सम्मानित भएका थिए ।

रेनल्ड्सलाई जेम्स बन्ड, हान सोलो ररिचार्ड गेरे जस्ता अभिनयका लागि विषेशरूपमा चिनिन्छ ।

उनले दुईटा आत्मकथा लेखे । ‘माइ लाइफ’ १९९४मा प्रकाशित भयो र ‘बट इनफ एबाउन मी’ सन् २०१५मा प्रकाशित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?