ब्राजिलको राष्ट्रपति चुनावका उम्मेदवारलाई प्रचारको क्रममा छुरा रोपियो

एजेन्सी :ब्राजिलको राष्ट्रपति पदको चुनावमा चुनाव प्रचार गरिरहेका बेला अग्रपंक्तिका मानिएका उम्मेदवारलाई छुरा रोपिएको छ ।

चरम दक्षिणपन्थी उम्मेदवार जायर बोल्सोनारोलाई दक्षिण पूर्वी प्रान्त मिनास गराइसमा चुनावको प्रचार गरिरहेका बेला छुरा रोपिएको हो ।

घाउको शल्य क्रिया गरेका अस्पतालका अधिकारीहरूले उनी छिट्टै निको हुने जनाएका छन् ।

पूर्व राष्ट्रपति लुला डा सिल्भाले आफूमाथि लागेको प्रतिबन्ध हटाउन असफल भए आगामी महिना हुने राष्ट्रपति पदको निर्वाचनमा उनको जीत हुने मत सर्वेक्षणहरूले जनाएका छन् ।

समर्थकहरू माझ औंठा उचालेका बेलो छुरा रोपेपछि दुखाईबाट छटपटाउन थालेपछि उनलाई समर्थकहरूले उपचारका लागि लगेको भिडियोमा देखिएको छ ।

उनलाई अस्पतालमा कम्तीमा एक साता देखि १० दिनसमम रहनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?