कसरी भइन् एक सोलभेनियाली अमेरिकी प्रथम महिला?

एजेन्सी : अमेरिकी प्रथम महिला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्प पहिले ट्रम्प नभएर नउस थिइन् ।

सन् २००१मा मेलानिया नउसलाई अमेरिकाको इन्स्टिन भिसा(इबी–१) अन्तर्गत ग्रीन कार्ड दिइएको थियो ।

जसलाई जिनियस भिसा पनि भनिन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बनाउने अमेरिकाको अध्यायगमन कानुन मान्ने व्यक्तिलाई यो भिसा दिइने गरिन्छ ।

यो योग्यता प्राप्त गर्न अघि उनी सोलभेनियाको एक कलेज स्टुडेन्ट थिइन् । लजालु स्वाभाविकी तर कुशाग्र मेलानिया धेरै महत्वाकांक्षी पनि थिइन् ।

सन् १९८०को दशकमा समाजवादी युगोस्लाभियामा मेलानिया जुब्लिजाना युनिभर्सिटीमा पढने गरेको त्यहाँको प्रोफेसरहरूको भनाइ छ ।

एक जनाले जनाए अनुसार उनको आइक्यु धेरै उच्चस्तरको थियो ।१९८५मा मेलानिया १५ वर्षकी थिइन् ।

अमेरिकाको राष्ट्रपति कार्यालयमा रेकर्डको रूपमा राखिएको उनको व्यक्तिगत जानकारीमा उनले १६ वर्षको उमेरमा मोडलिंगको क्यारियर शुरू गरेकी थिइन र सफलता प्राप्त गरेकी थिइन् ।

मेडिकल युनिभर्सिटी जस्तो कठिन मानिएको आर्किटेक्टको प्रवेश परीक्षा मेलानियाले पास गरेको त्यतिखेरका प्रोफेसर सम्झिन्छन् ।

 तर प्रथम वर्षको परीक्षामा राम्रो गर्न नसकेपछि उनले पैसा कमाउन मोडेलको पेशा ठीक होला भनेर निर्णय गरेको हुन सक्ने उनका गुरूहरूको बुझाइ छ ।

मेलानियाका सोलभेन बायोग्राफर इगोर ओमर्जाले डोनाल्ड ट्रम्पसँगको भेट हुन अघि उनको क्यारियर फेसन व्यवसायमा ठूलो बन्न नसकेको बताउँछन् ।

अमेरिका जान अघि उनको फोटो कभर पृष्ठमा युरोपेका ठूला म्याग्जिन मध्येको स्पेनिस बजारले मात्र छापेको थियो ।

सन् १९९६मा उनले म्याक्स म्याग्जिनका लागि नग्न तस्विर पनि खिचाइन् । यी तस्विर मध्येका केहीलाई सन् २०१६मा अमेरिकी राष्ट्रपति पदको निर्वाचनका क्रममा केहीले द न्यू योर्क पोस्टमा छाप्न लगाएका थिए ।

पोस्ट भने डोनाल्ड ट्रम्पको बलियो समर्थक थियो ।

सन् १९९०को अन्त्यतिर डोनाल्डसँग भेट्नु अघि  मेलानियाले नग्न तस्विरका अर्को शृंखलाका लागि फोटो खिचाइन् ।

यसरी संघर्षका भिन्न बाटाहरू पार गरी मेलानियाले राष्ट्रपति भवन ह्वाइट हाउसको प्रथम महिला कक्षको आवधिक स्वामित्व ग्रहण गर्न पुगेकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?