१ नेकपा एमालेको योजना तथा अर्थ विभागको सदस्यमा राखेको खबर बाहिरिएपछी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी संकटमा, एम अधिकारी को हो ? भन्नेबारे भने अझै खुलेन, एमालेले दियो अपुष्ट स्पष्टीकरण ।
२ प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता, सत्तारुढ गठबन्धनको तर्फबाट पुष्पा भुसाल र एमालेको तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने ।
३ संसदमा पेश भएको नागरिकतासम्बन्धि विधेयकका विषयमा छलफल, विधेयकमा राखिएका विभिन्न प्रावधानमाथि एमालेले उठायो प्रश्न, बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिन लागेको आरोप ।
४ नेताहरुले प्रदेश र स्थानीय तहलाई कमजोर पार्नेतिर लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को टिप्पणी, संघीयता खारेज गरेर राजतन्त्र ल्याउन खोज्नेहरूले त्यस्तो प्रयास गरिरहेको आरोप ।
५ अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति दर्बिलो भएको परराष्ट्रमन्त्री नारायण खड्काको जिकिर, एमसीसी पास भएर नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालिएको दाबी ।
६ नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा अर्जुननरसिंह केसीले राखे ११ बुँदे असन्तुष्टि, देश आर्थिक संकट तर्फ जाँदा पनि हतियार किन्न लागेकोमा आपत्ति, सभापतिले पार्टीलाई एकलौटी गरेको आरोप ।
७ नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि, ४८ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ११७१ पुग्यो, काठमाडौं उपत्यकामै थपिए १६४ संक्रमित ।
८ प्रश्नपत्र हुबहु दोहो र्याउनेलाई तत्काल कारबाही गर्न शिक्षा समितिको निर्देशन, हुबहु प्रश्नपत्र बनाउनेले ३ वर्षसम्म त्रिविका क्याम्पसमा पढाउन समेत नपाउने ।
९ ई–स्पोर्टसका लागि महानगरले १ करोड रुपैयाँ विनियोजन गरेपछि मेयर बालेन्द्र साह आलोचित, महानगरले छुट्याएको बजेट पारदर्शी किसिमले कार्यान्वयन हुने बालेनको स्पष्टोक्ति ।
१० निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिमा हेरफेर, गठबन्धनको तर्फबाट उपसभामुखको उम्मेदवार बनाएसँगै पुष्पा भुसाललाई हटाइयो, समितिमा मानबहादुर विश्वकर्मा ।
११ सेयर बजार २ हजार बिन्दुमा उक्लियो, नेप्से परिसूचक १४ दशमलव ७१ अंकले बढ्दा २ अर्ब ४१ करोडको कारोबार, लगानीकर्तालाई राहत ।
१२ श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे सिंगापुर उडे, श्रीलंकावाट मालद्धिभ्स भागेका राजापाक्षे मालद्धिभ्समा पनि बिरोध हुने देखेर सिंगापुर तर्फ गएको आशंका ।
१३ युक्रेनको मध्य शहर भिनितसियामा रसियाको आक्रमण तिब्र, मिसाइल आक्रमणमा परेर २० जनाको मृत्यु, ९० भन्दा बढी ब्यक्ति घाइते ।
१४ आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालको सानदार जित, स्कटल्याण्ड पाँच विकेटले पराजित, नेपालले लिग २ मा अझै १८ खेल खेल्न बाँकी ।
१५ वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिजका लागि रोहित शर्माको कप्तानीमा १८ सदस्यीय भारतीय टिमको घोषणा, पूर्व कप्तान विराट कोहली टिममा अटाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया