सलमान खानको ‘दबंग ३’ को रिलिज डेट फाइनल

मुम्बई । चुलबुल पाण्डेको भूमिका निभाएका सलमान खानको ‘दंबग ३’ बन्ने कुरा त पहिलेदेखि नै आएको हो ।

यो फिल्मको सिरिज सलमानका हिट फिल्ममध्ये आउँछन् । अब यही फिल्मको तेस्रो सिरिजको काम थालिएको छ । सलमान खानका भाइ अरबाज खानले समेत लगानी गर्ने यो फिल्ममा प्रभुदेवा निर्देशकका रुपमा देखा पर्नेछन् । पहिलेका सिरिजमा झैँ यसमा पनि सोनाक्षी सिन्हा नै देखिनेछिन् ।

भारतीय मिडियाका अनुसार फिल्मको रिलिज डेट पनि फाइनल भइसकेको छ ।

सूत्रका अनुसार यो फिल्मको सन् २०१९ को जनवरीबाट शूटिङ शुरु हुनेछ । अहिले फिल्मका बारेमा प्लानिङ भइरहेको छ ।

जहाँसम्म रिलिजको कुरा छ, यो फिल्म गान्धी जयन्ती या दिपावलीको अवसर पारेर रिलिज हुनेछ । अर्कातिर दिपावली पारेर साजिद नाडियाडवालाको फिल्म ‘हाउसफूल ४’ पनि रिलिज हुँदैछ ।

अहिले भने सलमान खान बिग बोस र भारत फिल्ममा व्यस्त छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?