जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत आयोजनाको घर तलबाट भाँसिएर भत्किँदा ३ जनाको मृत्यु भएको छ ।
गएराति घर भाँसिएर भत्किँदा घरमा बसेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा उक्त लघुजल विद्युतमा काम गर्ने अप्रेटर सोही ठाउँ बस्ने ३२ वर्षीय गोरखबहादुर रावतकी श्रीमती ३० वर्षीया बिमला रावत, नीजको छोराहरू ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेका छन् ।
घर भत्किएर उनीहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बट्की र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा उनीहरूको शव पेला पारेको हो । गोरखबहादुर रावत सकुशल रहेका छन् । उद्धार कार्य गर्नुको साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया