लगानी कोषको ब्याजदर परिवर्तन

लोकपथ
84
Shares

काठमाडौं । नागरिक लगानी कोषले-२०७९ साउन १ गतेदेखि लागू हुने सहभागीहरुलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषमा दिदै आएको ६ दशमलव ५ प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्‍याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ ।

त्यसैगरी मिति २०७९ साउन १ देखि लागू हुने गरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०,सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाव योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निणर्य गरेको छ ।

कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७ दशमलव ५ प्रतिशत व्याज प्रदान गर्ने निणर्य गरेको छ । कोषले बीमा कार्यक्रमअन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम संचालनका लागि बीमा शुल्क संकलनको कार्य गर्दै आएको छ ।

राष्ट्र सेवक कर्मचारीहरुबाट आगामी वर्षको लागि आवश्यक पर्ने बीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय वीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?